उरै साइपाल बहुउदेश्य सहकारी संस्थाद्वारा बझाङको साइपालमा कोशेली घर सञ्चालन

बझाङको साइपालमा साइपाल बहुउदेश्य सहकारी संस्था काँडाद्वारा कोशेली घर सञ्चालनमा आएको छ । स्थानीय वस्तुको बढवा गर्ने र दैनिक उपभोग्य सामान सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले साइपाल कोशेली घरको स्थापना गरिएको हो ।

२०७५ सालमा स्थापना भएको सो सहकारीले ऋण तथा बचतको काम गर्दै आइरहेको थियो । उरै साइपाल बहुउद्देश्यीय सहकारीको पौषमा बसेको बैठकले साइपाल वार्ड नम्बर २ र ३ धलौन मा र वार्ड नम्बर ३ साइपालमा कोसेली घर खोल्ने निर्णय गरेपनि साइपाल गाउँपालिका वार्ड नम्बर १ र २ मा कोसेली घर उद्घाटन गरिएको छ ।

उरै साइपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको कोशेली घरको उद्घाटनमा सो संस्थाका सचि तथा गाउँपालिकाका पुर्व अध्यक्ष राजेन्द्र धामी, वार्ड नम्बर एक का वडा अध्यक्ष नरेन्द्र धामी लगायतका जनप्रतिनिधि तथा अध्यक्षले संयुक्त रुपमा कोशेली घरको उद्घाटन गरिएको थियो ।

यस कोशेली घरद्वारा दैनिक उपभोग्य सामान सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने र स्थानीय उत्पादन भएका डोको, नाम्लो, चर्का तथा विभिन्न स्थानीय वस्तु उपलब्ध गराउने रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240