सेती नदी -३ʼ जलविधुत आयोजना सरोकार समुह द्वारा उचित मुआब्जाको माग राखेर विरोध प्रदर्शन


उत्तमकुमार थापा
बझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको सेती–३ जलविद्युत् आयोजनाले मुआव्जा दिदा उचित मुल्याङ्कन गरेर मात्र दिनु पर्ने माग राखि प्रभावित क्षेत्र सरोकार समितिले बझाङ चैनपुरमा जनर्याली प्रदर्शन गरेको छ ।

चैनपुर पानकोट पुल वाट सुरु भयको र्याली जिल्ला प्रशासन कार्यालय अगाढी पुगेर सम्पन्न भयको थियो । र्यालीमा सहभागिहरुले उचित मुआवजा दिनु पर्ने ,स्थानिय जनतालाई रोजगारी दिनु पर्ने,पुर्ण रुपमा विस्थापितलाई स्थापित सहितको थप रकमको व्यवस्था गरिनु पर्ने,लगाएतका नाराबाजी समेत गरेका थिए । झ्णडै १०० जनाको सॅख्यामा उपस्थित प्रभावित क्षेत्रका वासिन्दा हरु हातमा प्लेकार्ड तथा व्यानर सहित जनर्याली निकालेका थिए ।

यस अघि मॅगलवार सरोकार समितिको एक टोलीले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे समक्ष विभिन्न ८ वुदे माग राखेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा स्थानिय वासिन्दा आयोजना वन्नु पर्छ भन्ने कुरामा एकमत रहेकोले वडा नॅ ४ को जनजिविकाको एक मात्र आधार खेतीयोग्य जमिनको अधिकाङ्स भु भाग पर्ने भयकाले त्यसको विश्लेशण गरिनु पर्ने , सदरमुकाम चैनपुर सॅग जोडिएको क्षेत्र भयकाले सोहि आधारमा जग्गा मुल्याङकन हुनुपर्ने ,आज भन्दा ३ वर्ष अगाढी नै प्रति रोपनि ३६ लाखमा किनवेच भैसकेको गोलाई क्षेत्रमा सोहि अधारमा ३ वर्ष पछि हुन सक्ने मुल्यबृद्धिलाई ध्यानमा राखेर प्रभावितहरुलाई जग्गाको मुआब्जा दिनुपर्ने लगाएतका माग उल्लेख गरिएका थिय। यसै विच विरोध र्याली पछी प्रमुख जिल्ला अधिकारीलाई भेट्न गयको प्रतिनिधिमण्डल सॅग कुरा गर्दै प्रमुख जिल्ला अधिकारि पाण्डेले स्थानियको मागमा आफु सकारात्मक रहेकोले सवैले मिलेर आयोजना वनाउन पहल थाल्नुपर्ने वताउनु भयको सरोकार समितिका केश वहादूर खातीले वताउनु भयो ।

“खातीले भन्नुभयो हामी विकास विरोधि हैनौ तर हामी जग्गा धनिलाई घाटा हुने गरि गर्नु भयन सरोकार समितिले गरेको निर्णयमाथी छलफल गरेर मात्र उचित मुआव्जामा निष्कर्ष निकाल्नु पर्छ अ ” त्यस्तै जनपा ४ गडखेतका स्थानिय धर्मराज उपाध्यायले विगतका आयोजना र उतिवेलाको सरकारी रेट तथा हालको अवस्थालाई पनि मध्यनजर गरिनु पर्छ । र अन्य आयोजनाले पाखो जमिनको पनि उचित मुल्याङ्कन गरेकोले यो आयोजनाले गोलाईज्युलाको महत्वपुर्ण खेतीयोग्य जमिनको उचित क्षतिपुर्ती दिनु वताउनु भयो ।
त्यस्तै जनपा ४ गोलाईका स्थानिय राजेन्द्र खातीले आयोजना आउदा स्थानिय खुसि भयकाले जग्गा धनिलाई उचित मुआव्जा दिनु पर्ने वताउनुभयो । आयोजनाको पक्षमा हामी सवै प्रभावित छौ तर हामी सवैलाई न्याय हुने गरि निर्धारण गरिनु पर्ने खातीको भनाई थियो ।
आयोजना जसरी पनि वन्नु पर्ने र आयोजना वन्दा धेरै बढी माग स्थानियको नरहेकाले सरोकार समितिको निर्णयलाई आधार वनाईनु पर्ने स्थानियको माग छ ।

२०७४ सालमा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको यस आयोजना गत वर्ष मात्रै सम्भाव्यता अध्ययन र ईआईएको काम सम्पन्न गरेको थियो । त्यसलगतै निर्माणको प्रक्रिया सुरु भएको हो । यो आयोजनाको १४ मिटर अग्लो र ६७ मिटर लामो बाँध सदरमुकाम चैनपुर नजिक पानकोटमा रहने छ । त्यहाँको पानी ४ हजार २ सय मिटर लामो सुरुङमार्गबाट जयपृथ्वी नगरपालिकाको सुतियामा पुर्‍याएर भूमिगत विद्युत गृहबाट विद्युत् उत्पादन गरिने योजना छ । कुल लागत १९ अर्ब अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको हो ।

चिलिमे हाइड्रो पावर कम्पनीको ३१ प्रतिशत सेयर रहने यस आयोजनामा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ५ प्रतिशत र स्थानीय सरकारको ५ प्रतिशत सेयर रहनेछ । यस्तै, आयोजनाको ३३ प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गरिने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन प्रभावित क्षेत्रका बासिन्दालाई आयोजना निर्माण सुरु भएपछि रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240