एकीकृत अखिल नेपाल शिक्षक सँगठन जिल्ला समन्वय समिति बझाङकाे बैठक सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक सँगठन जिल्ला समन्वय समितिकाे बैठक सम्पन्न भएको छ ।

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेकाे नेकपा माअाेवादी केन्द्रबझाङकाे सभाहलमा कार्यक्रम सुरु भएको थियाे । एकीकृत अखिल नेपाल शिक्षक सँगठनका जिल्ला उपाध्यक्ष रुद्रप्रशाद अाेझाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्र बझाङ ईन्चार्ज देवराज रेग्मी बिशिस्ट अतिथिमा नेकपा माहाेवादी केन्द्र बझाङका सँयाेजक टाेपबहादुर खड्का बिशिस्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक सँगठनका केन्द्रीय सदस्य जन्मजय जाेशी रहनुभएकाे थियाे ।

जिल्लाकाे सदरमुकाम चैनपुरमा सञ्चालन भएको कार्यक्रममा लामो समय जनयुद्ध गरेर देश परिवर्तन गर्न तपाईं हामी सबैकाे भुमिका नभुल्न र यसलाई नियालेर अगाडि बढ्न नेता रेग्मीकाे आग्रह थियाे । सँगठनकाे बसेको बैठकले यहीँ फागुन २९/३० गते हुन गईरहेकाे राष्ट्रिय सम्मेलन लाई सभ्य भव्य साथ सफल पार्न सबैले सहयाेग गर्नु पर्ने र राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिनु भएको हाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240