जोशपुर गाउँपालिका स्तरीय निशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु।

कैलालीको जोशीपुर गाउँपालिकाले निशुल्क लोकसेवा आयोग तयारी कक्षा आज देखि सन्चालनमा ल्याएको छ। गाउँपालिका भित्रका +२ गरेका विद्यार्थीहरुलाई लक्षित गरी नासु , खरीदार लगाएतका विभिन्न पदहरूको लागि तयारी कक्षा सुरु गरेको हो । कक्षा ६० दिन चल्ने छ
कार्यक्रममा जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी ,प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री ,सबै वडाका अध्यक्षहरु प्रशासन प्रमुख मीनराज कठरिया, शिक्षा सखा प्रमुख संग्राम सिंह धामी, गाउँपालिका अध्यक्षका स्वकीय सचिव छेदु लाल डगौरा को उपस्थिति रहेको थियो । लोक सेवा तयारी गर्न धनगढी काठमाण्डौ जानु पर्ने, महङ्गो कोठा भाडा तिर्नुपर्ने, महङ्गो खाना सबै खर्च सर्वसाधारणले गर्न नसक्ने र +२ पढेर अन्तिममा फेरि अरुदेश गएर लेबरी काम गर्नु पर्ने वाध्यता कम गर्दै स्वरोजगार बनाउन सहयोग पुगोस् भन्ने सोचेर यो कार्यक्रमको सुरुवात गरेको गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी ले बताएका छन्। यो वर्ष कार्यक्रम को उपलब्धि हेरेर अर्को वर्ष थप कार्यक्रम गर्दै जाने अध्यक्ष चौधरीले बताएका छन् । पछिल्लो समय जोशीपुर गाउँपालिकाले गाउँपालिका भित्र शिक्षा क्षेत्रमा विद्यार्थी छात्रवृत्ति कार्यक्रम, लोकसेवा आयोग तयारी कार्यक्रम जस्ता नया कार्यक्रम ल्याई विद्यार्थीको हौसला बढाउँदै गएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240