अखिल क्रान्तिकारी कैलाली जिल्ला कमिटी सदस्य नविन आचार्यकाे पहलमा मोहन्यालमा कम्प्युटर तालिम हुँदै

अखिल क्रान्तकारी कैलाली जिल्ला कमिटी सदस्य नविन आचार्यले गरिव, जेहेन्दार, विपन्न विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागी मोहन्याल गाउँपालिका का वडा अध्यक्षहरुलाई ध्यानकर्षण गराउनु भएको थियो। साथै अहिले माेहन्याल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बम बहादुर बुढामगरले आफ्नो ३ महिनाको सेवा सुविधा बाफत वडा नं. ०४ भित्रका गरिव, जेहेन्दार ३५ जना विद्यार्थीहरुलाई ३ महिने कम्प्युटर तालिम दिने निर्णय गर्नु भएको छ।

आचार्यको पहलमा वडा नं. २ का वडा अध्यक्ष जय प्रकाश मल्लले पनि आफ्नो सेवा सुविधा बाफत वडा नं. २ भित्रका गरिव, जेहेन्दार २५ जना विद्यार्थीहरुलाई ३ महिने कम्प्युटर तालिम दिने निर्णय गर्नुभएको छ ।

उक्त निर्णयले समग्र वडा बासीहरु खुसी भएका छन । आचार्यले बिगतदेखी समाजमा भएका धेरै विपन्न र गरिव विद्यार्थीहरुलाई सहयोग गर्दै आउनु भएकाे छ।

“मैले वर्तमान परिवेशमा प्राविधिक शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भनेर सरोकार वाला निकायलाई घचघचाउने गरेको छु, मैले समाजमा भएका हरेक विषय वस्तुमा खरो आवाज उठाउछु, यसरी गरिव दिनदुखीलाई सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानी ठान्छु” आचार्यले बताउनु भयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240