बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ। प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।
धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल,
धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन्। उपमहानगरपालिका-२ हुलाकी रोडमा भन्सारबाट हुलाकी सडकखण्डतर्फ जाँदै गरेको से ५ प ९०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी अन्दाजी २२ वर्षीय युवक गम्भीर घाइते भएका हुन्। उनको परिचय भने खुलेको छैन। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पातालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार
जोशीपुर गाउँपालिका वाड नं ७ को आयोजनामा स्वास्थ्यका लागि खेलकुद भन्ने मुला नाराका साथ वाडा स्तरीय खेलकुद कार्यक्रम उदघाटन भएको छ।बौनिया युवा क्लब का अध्यक्ष बुधराम कुमाल को अध्यक्षतामा कार्यक्रम सुरु गरी वाडा अध्यक्ष बम बाहदुर शाहले कार्यक्रम को उदघाटन गर्नुभएको थियो कार्यक्रम ३ दिनसम्म चल्ने छ। वाडा भरिका युवाहरुको सहभागितामा फुटबल र ब्याटमिन्टन खेल
प्रोडक्सनद्धारा आयोजित मिस्टर एण्ड मिस वल्ड वाईड नेपाल २०२२ को उपाधि रोशन बि.सी र रितीका श्रेष्ठले जितेका छन् । गत शनिबार बुटवलमा आयोजना भएको एक कार्यक्रमका बिच उक्त उपाधि प्रदान गरिएको डाईरेक्टर प्रशान्त शाहले बताउनुभयो । यस्तै मिस्टर वल्ड वाईड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि हिमान्सु अग्रहरी र मिस वल्ड वाईड नेपाल २०२२ को