कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्तिको क्लिन स्विप
कैलाली क्षेत्र नं.१ मा नागरिक उन्मुक्ती पार्टीले क्लिन स्विप गरेको । प्रतिनिधि सभा र दुईवटै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएसँगै बिहीबार दिउँसो नै पार्टीले व्यापक विजय र्यालीसमेत निकालेको छ ।

प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत सहित निर्वाचिन हुनुभएको छ । आफ्ना प्रतिद्वन्दीभन्दा १२ हजार ३२३ फराकिलो मतान्तरसहित श्रेष्ठ विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउदा तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्र रावलले ५ हजार ९१० ल्याएका हुन् भने ३ हजार २८६ मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश सभा (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतले विजयी भएका छन । उनले १५ हजार १०१ मत ल्याउदा उनका प्रतिद्वन्दी गठबन्धनका दिर्घ बहादुर बिनाडीले १० हजार ३७७ मत ल्याएका हुन ।
त्यस्तै राप्रपाका भिम बहादुर बमले ४ हजार ६० मत ल्याएका छन भने १ हजार ११४ मत बदर भएका छन् ।
यसैगरी प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी विजयी भएका छन् ।

अन्तिम मतपरिणाम आउदा उनले ११ हजार ३१७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एवं सुदूरपश्चिम प्रदेशका बहालवाला मन्त्री डा. रणबहादुर रावलले ८ हजार ५३ मत ल्याए भने नेकपा (एमाले) का द्वारिका प्रसाद न्यौपानेले ५ हजार ३२० मत ल्याए ।
२९ हजार ६१४ मत खसेकोमा १ हजार ४०९ मत बदत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
