कैलाली–५ मा मतगणना गर्न ढिलो भयो भन्दै मतगणना गर्न भनि नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ। सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।

उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी गरेका छन्। मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए तर साढे ४ बज्दा समेत गणना भएको छैन।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टले मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याकै कारण मतगणनामा ढिलाई भएको बताएका छन्। अर्याल अहिले धनगढीस्थित सरकारी निवासमा आराम गरिरहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240