२०७९ आश्विन २६, बुधबार ०६:३५
एमाले नेता महरलाई समर्थन गर्दै माओवादीबाट स्वतन्त्र उम्मेद्वार धामिले ‘फिर्ता लिए’ उम्मेद्वारि
प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङ गठबन्धनले गर्दा एकीकृत समाजवादीको भागमा परेपछि गठबन्धनका अन्य शिर्ष नेताहरू असन्तुष्ट बनेका थिए । यस्तै असन्तुष्ट बनेर प्रतिनिधिसभाकै लागि माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका लोकेन्द्र धामीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।


तर आज एमालेका उम्मेद्वार तथा केन्द्रिय नेता समेत रहेका ऐन महरलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिँदै उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ऐन महरलाइ साथ र समर्थन दिने बाचा सहित उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
