२०७२ साल टीकापुर घटनामा मृत्यु भएका बालकको नागरिक उन्मुक्तिले सालिक बनाउने

कैलालीस्थित टीकापुर मा २०७२ साल भदौ ७ गते को घटनामा मृत्यु भएका २ वर्षीय बालक टेकबहादुर साउदको सालिक निर्माण गरिने भएको छ।

ती बालकको टीकापुर नगरपालिका–१ स्थित टेकबहादुर साउद स्मृति पार्कमा सालिक निर्माण गरिने नागरिक उन्मुक्ति पाटी अध्यक्ष एवम् रन्जिता श्रेष्ठले चौधरी ले बताइन्। भर्खरै सम्पन्न निर्वाचनमा उनी क्षेत्र १ बाट संघीय सांसदमा निर्वाचित भएकी छन्।

निर्वाचित भए लगत्तै बालकका अभिभावकलाई भेटेर उनले सालिक बनाइने बताइन्। २०७२ मा जारी भएको संविधानमा आफ्ना अधिकारको माग गर्दै भइरहेको आन्दोलन हिंसात्मक बन्दा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो।

घटनाको आरोपमा रेशम चौधरी कारागारमा छन्। उनकै योजनामा स्थापना भएको नागरिक उन्मुक्ति अहिले कैलालीमा १ नम्बर पार्टी बनेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240