बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउँदै

बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउने भएको छ । खप्तडछान्ना गाउँपालिका वडा ४ घाटखोला देखी पसलबगर सम्म दशैं पछि जिप लाईन सञ्चालनमा ल्याउने सञ्चालक अरुण रोकायाले बताएका छन्।

सानो छंँदा पहाडमा तुईनदेखि वारपार गर्ने विधिलाई खेलकै माध्यम बनाई विकास गर्नु प्रशंसनीय भएको रोकायाले बताए । हिलपार्क हरियाली र आनन्द प्राप्त हुने शान्त स्थान भएकाले जिपलाईनको माध्यमबाट हरियाली दृश्यहरु देख्न पाइने उनले बताए।

उक्त जिपलाइन ५ सय मिटर लामो बन्ने छ। नजिकै खोलानाला र हरियालि बनजङगलको भाग पर्ने हुँदा यो अझ बढि रोमाञ्चित र साहासिक बन्ने छ जसले गर्दा पर्यटकहरु यस ठाउँमा अत्यधिक मात्रामा आउने संभावना रहेको छ। यहाँ अब पर्यटकका लागि अर्को आकर्षण थपिएको छ ‘जिपलाईन’ ।

८० लाख लागतमा बन्न लागेको जिपलाईन केही महिना भित्र सञ्चालनमा आउने जनाएको छ । उक्त खप्तड जिप लाईन रिसोर्ट दर्ता पनि भईसकेको रोकायाले बताएका छन्। उक्त प्रोजेक्टको लागी सबैले सहयोग गरिदिनु हुन रोकायाले सहयोगी मन भएकाहरु लाई हार्दिक अपिल समेत गरेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240