बर्षात सुरु भएसंगै बझाङका अधिकांश ग्रामीण सडक हिलाम्मे ।।

बर्षात सुरु भएसंगै बझाङका अधिकांश ग्रामीण सडक हिलाम्मे भएका छन । डोजर प्रयोग गरेर गाउँ गाउँमा सडक पुगेका भएपनि सडकको मर्मत नगरिदा अहिले हिलाम्मे बन्न पुगेका हुन । कतिपय ठाउँका सडक बर्षातले भत्काइदिएपछि अहिले यात्रुलाई झन सास्ती भएको छ । वर्षाले भताभुङ्ग भएका सडकहरुमा जोखीम मोलेर सवारी गुडाइने गरिएको छ । नाली विनाका सडकहरु निर्माण गरिँदा वर्षातको समयमा सडक नै खोला जस्तै बन्ने गरेका छन् । जसले गर्दा सवारी साधन चलाउनै मु्स्किल हुने गरेको छ । सडकहरु भत्किंदा सवारी साधन चिप्लीने लेदोमा फस्ने तथा दुर्घटना हुने समस्या रहेको सवारी चालक नविन मण्डेलले बताए । उनले सडकमा खाल्टाखुल्टी हुँदा तथा भत्किएको हुँदा जटील रहेको बताए । सडक हिलाम्य हुँदा गाडीहरु चिप्लीने डर भएको उनको भनाइ छ । यसैबिच लगाताको वर्षाका कारण बैतडी बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण दैनिक अबरुद्ध हुने गरेको छ । राजमार्गमा आउने पहिरो तुरुन्तै पञ्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताएका छन । सडकमा परेका खाल्टा–खुल्टी पुर्ने तथा बिग्रे भत्केका सडकको मर्मत गरिने भएपनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको उनको भनाइ छ । साघुँरा सडक जताततै खाल्टा–खुल्टी तथा भत्कीएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखीम बढेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240