२०७९ असार २६, आईतवार २२:५३
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१स्थित धनगढी रोडमा नेपाल विद्युत प्राधीकरण अत्तरियाको कम्पाउण्ड भित्र सु।प।प्र। ०१–००१–ख २६७४ नम्बरको ट्रकमा विद्युतको तारहरू लोड गर्ने क्रममा करेन्ट लागेर सोही ट्रकको सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सहचालक बझाङको केदारस्यु गाउँपालिका–१ का २१ वर्षीय सन्तोष भण्डारी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। भण्डारीको उपचारका क्रममा धनगढीको के.जी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
