बझाङमा गठबन्धन जिपको छतमा कार्यकर्ता राखि घरदैलो गर्दै, दुर्घटनाको जोखिम
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि अहिले राजनीतिकदलका शिर्ष नेताकार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
बझाङमा वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले चुनावी प्रचारप्रसारमा ट्राफिक नियमको ठाडो उल्लंघन गरेका छन् । जिल्लामा बढ्दो सडक दुर्घटनाका क्रममा
दर्जनौंको संख्यामा गाडिको छतभरि कार्यकर्ता हालेर प्रचारप्रसार गरिरहेको एक भिडियोमा देखिइएको छ ।

ग्रामीण सडक खण्डमा यसरी सिट क्षमताभन्दा बढी मान्छेलाई अझ भनौं छतमै कार्यकर्ता राखेर ओसारपसार गर्दा दुर्घटनाको निकै जोखिम बढेको छ । उसो त जिल्लामा विभिन्न खाले घटनाहरु दिनप्रतिदिन घटिरहेका हुन्छन् । केहिदिन अगाडि मात्रै मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । उक्त सवारी साधनमा झन्डै २६ जना सवार रहेको पाईएको थियो ।

जिल्लामा दुर्घटना न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालयले जिल्लामा संचालित छोटो तथा लामो दुरिका यातायातका साधनहरुको छत फालेको थियोे । तर चुनाव नजिकिँदै गर्दा तीन दलिय गठबन्धनका नेताकार्यकर्ताहरुले जिल्लाका विभिन्न भु-भागमा गाडी भरी कोचकाच गरि ट्राफिक नियमको ठाडो उल्लंघन गरेको पाइएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
