सुदूरपश्चिमेली समाज जापानको सातौँ अधिवेशन सम्पन्न विकास राेकाया अध्यक्षमा चयन

टाेकियाे जापानमा पश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न छ ।

अधिवेशनले बझाङ जिल्ला हाल जापानमा रहेका बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको स्राेतकाे भनाइ छ ।

रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको हाे । नवगठित कार्यसमितिको उपाध्यक्षमा इश्वर खड्का महासचिबमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका हुन ।

त्यसैगरी समितिको सदस्यहरुमा प्रमिला बोहरा ,दिनेस बम,देवराज रेग्मी र जगत प्रशाद जोशीलाई चयन गरिएको अध्यक्ष विकास राेकायाले बताउनु भयाे ।

समाजका निबर्तमान अध्यक्ष पदमसिङ ठगुन्नाले सुदूरपश्चिमेली समाजले जापानका अरु नेपाली संघ संस्था सँग हातेमालो गर्दै सामाजिक अभियानमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष पूर्ण चलाउने,एकेन्द्र थापाका साथै समाजका सल्लाहकार दिनेश रतला जोशी ,योगेन्द्र बोहरा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240