बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ। बिहीबार बेलुका बडिमालिका नगरपालिका(६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो।

मृत बालिकाको तस्वीर

प्रहरीका अनुसार गाउँ नजिकैको पोखरीमा उनी साथीहरुसँग नुहाउँने क्रममा डुबेकी थिइन्। पोखरीमा डुबेपछि गाउँलेले त्यहाँबाट केही समयमै निकालेका थिए। निकालेको केहीबेरमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240