राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’ जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको
चालु आर्थिक वर्ष २०७९/८० सकिन करिब २० दिन बाँकी रहँदा सरकारले काम भइसकेका आयोजनाहरुमा करिब करिब आधा खर्बको भुक्तानी गर्न सकेको छैन । यसअघि स्रोत सुनिश्चितता दिए पनि पर्याप्त बजेट विनियोजन नभएका शीर्षकमा बढी खर्च भएपछि यस्तो दायित्व भुक्तानीमा मन्त्रालयहरुले सकस भोगिरहेका छन् । विगत अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रणालीका लागि स्रोत सुनिश्चितताको पत्र लिएर
कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो । पुनर्वास नगरपालिकाले कृषि, शिक्षा,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने दिल्लीबाट सोमबार नै सिंगापुर पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परेपछि उनी तीन वर्षअघि पनि
सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग
ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको हो । महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै एमालेका सचेतक बर्तौलाले आक्रोश व्यक्त गरेका छन् ।संघीय
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।
मन्त्रालय बाँडफाँडमा भागबन्डा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। खास गरी गठबन्धनमा आबद्ध माओवादी र नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले नियुक्त भएको डेढ महिनामा पनि सरकार विस्तार गर्न सकेका छैनन्। आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु गर्नुपर्ने बेला पनि भागबण्डामै केन्द्रीत दलहरू केन्द्रको निर्देशन पर्खेर बसेका छन्। प्रदेशसभाको
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको निर्वाचन अनिश्चित बनेको छ। केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन