उत्कृष्ट काम गर्दै बझाङ जयपृथ्वी नगरपालिका, सडक बनाउ डोजर खरिद ।

बझाङको जयपृथ्वी नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ। नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न डोजर खरिद गरिएको हो। 

विज्ञापन

Generator

नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माणका लागि सहज हुने जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालले बताए। उनले भने, “यसभन्दा अगाढी नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि महँगो भाडा तिरेर अरुका मेसिन भाडामा लिएर काम गर्नु पर्ने वाध्यता थियो। जसका कारण लागत वढ्न गै खर्च बढी हुने गरेको थियो। अव नगरपालिकाले मेसिन खरिद गरेर ल्यायपछी विकास निर्माणका काममा कम खर्चमा काम गर्न सजिलो हुनेछ।’

विज्ञापन

cp

उनका अनुसार अब केहि दिनमा वर्षाका कारण अवरुद्द रहेका नगरपालिका भित्रका सडक मर्मत गरिनेछ। नगरपालिकाले गत साउनमा कार्यपालिकाको बैठकबाट डोजर खरिदको निर्णय गरेको थियो। यस्तै नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनका लागि प्रकृया सुरु गर्ने भएको छ। नगरपालिका भित्र रहेका कृषकहरुका कृषि उपजहरु बजारसम्म निःशुल्क ढुवानीका लागि कृषि एम्बुलेन्स खरिदको तयारीमा नगरपालिका लागेको हो। 

विज्ञापन

kumari
Neuro

विज्ञापन

Sonalika

विज्ञापन

lali

																						
								

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240