तलकोट गाउँपालिकाका गलत र भ्रामक सुचना पोस्ट गर्दै “तलकोट छड्के” नामक फेसबुक पेज

सत्य सूचना आम नागरिककाको अधिकार हो । सूचना नागरिकका लागि गाँस बास र कपास जस्तै भैसकेको छ । सूचना विना मान्छे अन्धो हुन्छ तर सत्य सूचना प्रवाह भएनभने त्यसबाट समाजमा गम्भीर समस्याहरु पनि आइपर्छन । अहिले नेपाली समाज पुरै सामाजिक सञ्जालको माध्यामबाट सूचना आदान प्रदान गर्ने तहमा पुगेका छन् । आम नागरिकका लागि नेपालमा समाजिक सञ्जाल सबैभन्दा ठूलो सूचनाको श्रोत बन्न थालेको छ । तर नागरिकले सोही श्रोतलाई आधिकारिक मान्ने हो भने निकै ठूलो झमेलामा फस्न सक्छन् ।

पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी मिथ्या सूचनाहरु प्रबाह गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने गतिविधि निकै बढ्दै गइरहेका छन् । यस्तै बझाङको एउटा गाउँपालिकाको विषयमा लगातार गलत र तथ्यहिन कुरा पोस्ट हुँदै आएका छन् । जिल्लाको तलकोट गाउँपालिकाको बारेमा केही महिना यतादेखी विभिन्न भ्रामक र तथ्यहिन सुचना सामाजिक सञ्जाल “तलकोट छड्के” नामक फेसबुक पेजबाट पोस्ट हुँदै आएको देख्न सकिन्छ ।
कार्यालयका अधिकारी र जनप्रतिनिधिको बारेमा लगातार गलत सुचना र तथ्यहिन सुचना पोस्ट हुँदै आएपनी त्यो पेज कस्ले चलाइरहेको छ भन्ने कुरा भने कसैलाई जानकारी नभएको एक स्थानियले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240