निहारिका राजपुत बाँच्नु हुँदैन थियो,मर्नुपर्थ्यो – भेषराज बुढाथोकी !
सबभन्दा पहिला त निहारिका जन्मनु नै हुँदैन थियो ! किनकी उनी छोरी हुन् , त्यसै माथि मधेसकी छोरी , जन्मिनु त पापै हो ठान्छन् । दाईजोको नाउँमा माईती पक्ष , घरखेत बचेर रोडपति हुन्छन् । उनी भ्रुण हत्यामै मर्नु पर्थ्यो तर अफसोस् बाँचिन् ।
जानीजानी होस् वा संयोगबस होस् निहारिका जन्मिइन् । जन्मेपछि उनी ५ बर्ष कट्न हुँदैन थियो किनकी मधेसी छोरीहरू जन्मजात दाईजोको ऋण , भेदभावको भारी लिएर जन्मिन्छन् ।
५ बर्ष पनि कटिन् , ठिकै छ । १० बर्ष त झन् कट्नै हुँदैन थियो किनकी मधेसको घामले , छाला मात्रै पोल्दैन , गरिब भुईँ मान्छेको मन भतभती पोल्छ किनकी उनी छोरीमा हुनुपर्ने लिङ्ग ‘यौनी’ लिएर जन्मेकी छिन् । भोलि ‘तेरो माईतीले दहेज् कति दियो ?’ भन्ने प्रश्नको सुई , आफू जन्मिने बित्तिकै बोकेर आईन् ।
ठीकै छ , १० बर्ष बाँचिन् । ठीकै भो । १५ बर्ष त बाँच्नु हुँदैन थियो । किनकी मधेसमा जन्मेको छोरी १५ बर्ष पुग्नु भनेको , बिहे हुने ढोका नजिकै पुग्नु हो । अनेकौँ समस्याका जञ्जिर तोडिन् । अभावका डोरी चुटाईन् र १५ बर्ष बाँचिन्।
जसोतसो किशोर अवस्था पार गरिन् । प्रेम नाउँको सुमधुर बासना आउने फूल (जुन भ्रम हो ) शिउरिन् ।
माली भनाउँदो एक , दुई खुट्टे पशुले प्रेमको चक्रव्युहमा फसाएँर बलत्कार गर्यो । बच्चा बस्यो । बलत्कारीले पटक पटक बच्चाको भ्रूण हत्या गर्न खोज्यो । तर निहारिकाले दिईनन् किनकी उनी आमा बन्न चाहन्थिन् ।
फेरि पनि निहारिका बाँच्नु हुँदैन थियो । उनलाई कतै पेट्रोल छर्केर मार्नुपर्थ्यो । उनी कतै आँपको रूखमा झुण्डिएको भेटिनु पर्थ्यो । उनलाई कुनै खोलाले सास र लास नभेटिने गरी बगाउनु पर्थ्यो ।

त्यो पनि भएन किनकी निहारिका ‘कुमारी आमा’ हुन् । आमा कम्तिमा आफ्नो कोखको सन्तानका लागि पटक पटक मरेर पनि बाँच्छिन् ।
र त्यही मधेसकी छोरी निहारिका बाँच्नु आज समग्र राष्ट्रका लागि बोझ् भएको छ । टाउको दुखाई भएको छ । नत्र , ‘बलत्कारीको छोरो होकी हैन DNA टेष्ट गरीदेऊ’ भन्नु त आमाको साधारण नैसर्गिक अधिकार हो medically…
ए अधिकार कर्मी भनाउँदा हो , म यतिमात्र भन्न सक्छु-” मैले के चाहिँ छोड्दा , निहारीकाले न्याय पाउँछिन् म त्यो चिज हाँसी हाँसी छोड्नेछु ।
निहारिकालाई न्याय देऊ ।🙏🙏🙏
✍ भेष राज बुढाथोकी

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
