सुदूरपश्चिम प्रदेशमा बिसु मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ।

बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास छाएको हो। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ। बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने चलन रहेको छ।
अहिले आएर हाम्रो पुरानो सस्कृती र धार्मिक आस्था बोकेको हाम्रो सुदुरपस्चिममा मनाइने बिसु पर्व क्रमिक रुपले लोप हुँदै गएको छ । यस पर्बको संरक्षण तथा प्रबर्द्धन को लागि सुदुरपस्चिममेलि जनता तथा सुदुरपश्चिम सरकारले उचित ध्यान दिन आवश्यक रहेको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
