सशस्त्र प्रहरीद्वारा सुर्मादेवी मन्दिरमा फुल राेप्याे
उत्तमकुमार थापा
सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सुर्मादेवी मन्दिरमा सशस्त्र प्रहरी बल बझाङद्वारा फुलका बाेटहरु राेपिएकाे छ ।

आज दिउसाे सशस्त्र प्रहरी बल बझाङले मन्दिरकाे ग्राउन्डमा रहेको खालि ठाउँमा फुलका बाेटहरुले वृक्षरोपण गरिएको हाे । सदरमुकाम चैनपुरमा रहेको चर्चित मन्दिर सुर्मादेवीकाे प्राङ्गणमा रमाइलो बाताबरण बनाउन र हरियाे सुन्दर मन्दिरकाे ग्राउन्ड बनाउन आफुले धनगढी बाट बाेट ल्याएर राेपिएकाे डिएसपी नेत्र केशीले बताए ।

उनले भन्नू भयाे, सुन्दर मन्दिरमा ढकमक्क फुलहरु फुलाउन र दर्शालुभक्तजनलाई छाहारीमा बस्न पनि सजिलो हुने भन्दै सबैलाई सहयाेग गर्न, र राेपिएका बाेटकाे सग्रक्षण गर्न अनुराेध गर्नु भएको थियाे डिएसपी केशी सहित अन्य सशस्त्र प्रहरीहरुकाे उपस्थितिमा मन्दिरमा फुलहरुका बाेट राेपिएकाे थियाे ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
