२०७९ मंसिर २५, आईतवार ०८:०७
काठमाडौमा स्कुल बसको ठक्करबाट बझाङका एक व्यक्तिको मृत्युु
काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वी नगरपालिका–५ कोटेली घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्युु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उहाँको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रतला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत हुनुहुन्थ्यो ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
