बझाङमा चट्याङ लागेर २८ बाख्रा मरेपछि सहयोगका लागि अपिल
बझाङमा हिजो चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेका हुन् ।

जिल्लाको बुगल नगरपालिकाको गोइचनको भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको चट्याङ लागेर बोहराका २८ वटा बाख्रा मरेको स्थानियले जानकारी दिनुभयो ।

बोहराको चट्याङबाट बाख्रा मरेर चार लाख रुपैयाँ भन्दा बढी क्षेति भएको छ । आफू सामान्य किसान र गरिव परिवारको बताउने बोहराको रोजिरोटी तथा सम्पुर्ण घरखर्च बनाउने बाख्रा नै एकैचोटि मरेपछि समस्या परेको बताउनुभयो । उहाँले सरोकारवाला निकाय तथा अन्य समाजसेवीद्वारा सहयोगको अपेक्षा समेत गरेका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
