खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण

खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ । वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई शुरक्षित स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले आज वडा कार्यलयमा खानेपानीका फिल्टर वितरण गरिएका हुन् ।
वडाको आर्थिक वर्ष २०७९÷८० को अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम अन्र्तगत वडा नं ४ भित्रका २५ जना अपाङ्ग व्यक्तिहरुलाई आज वडा कार्यलयमा खानेपानीका फिल्टर वितरण गरिएको वडाध्यक्ष ईश्वर बहादुर रोकायाले जानकारी दिनुभयो । ‘‘शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले फोहोर पानी पिउन नपरोस् र फोहोर पानीका कारणले रुघाखोखि लगायतका अन्य थुप्रै समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उहाँले भन्नुभयो, “वडा भित्रका जेष्ठ नागरीकहरुलाई सहजै संञ्चारको पहुँचमा पु¥याउनको लागि केहि दिन अघिमात्रै रेडियोहरु वितरण र एकल महिलाहरुलाई मोबाइल पनि वितरण गरेका छौं ।” दुर्गम पहाडी क्षेत्रमा विशेष गरेर वर्षातको समयमा खानेपानी धमिलो हुने र मानिसको स्वास्थ्यमा विभिन्न रोगहरुको संक्रमण हुने गरेको छ । उक्त समस्याको समाधान गर्दै गाउँघरमा शुरक्षित खानेपानी मात्रै प्रयोग गर्नुपर्छ भन्ने सन्देश फैलाउन समेत खानेपानीका फिल्टर वितरण गरिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240