पाथिभेरा हिमालको शाैन्दर्यता
जहाँ बाट चारै तिर हिमालै हिमाल देखिन्छन । चिसाे हिउकाे हावा सरर चलिरहन्छ । हिमालको बिशेषता फरक हुदाे रहेछ ।
बझाङकाे पाथिभेरा हिमाल छविस पाथिभेरा गाउँपालीकामा पर्दछ । समुद्री सतहबाट करिव ४ हजार ५ सय उचाईमा रहेको यस हिमालको आफ्नै पहिचान देखिन्छ । जहाँ भुरभुर डाफेहरु उडेको देख्न पाईन्छ भने,हिउँ चुतुवा,मृगहरु प्रसस्त देखा पर्छन ।

छविसकाे पर्यटकीय स्थलको रुपमा रहेको यस हिमाल बाट चारै तिर देख्न सकिन्छ । पर्यटन प्रवधनमा गाउँपालीकाले निकै चासाे रहेको गाउँपालीका अध्यक्ष बसन्त चलाउने बताउन्छन । यस हिमालकाे पहिचान भएको छ । तर पर्यटन याहाँ भित्र्याउन स्थानीय सरकारले के गर्नु पर्छ सबैको सल्लाह सुझाव सहित अगाडि बढ्ने अठाेटमा गाउँपालीका रहेको देखिन्छ ।

छविसका विभिन्न पर्यटकीय स्थलमा छविसकाे पाथिभेरा हिमाल, २२ वटा धारा रहेको बासु धारा, निशान झर्ना लगाएतका सम्भावना बाेकेकका स्थानहरु देखिन्छन । पाथिभेरा हिमालकाे नामाकरण बाट छविस पाथिभेरा गाउँपालीका सरकारकाे नामाकरण गरिएको हुदा यसको प्रवधन विकासमा स्थानीय सरकार लाग्ने वडा नम्बर ७ का अध्यक्ष विजय धामीलेकाे भनाइ रहेको छ । हिमाल बाट पुर्वमा साईपाल गाउँपालीका सुर्मा गाउँपालीका रहेका छन पच्चिममा दुर्गाथली बुङ्गल नगरपालिका केदारस्यु गाउँपालीका वित्थडचिर गाउँपालीका रहेका छन । यस हिमालकाे उत्तरमा बुङगल नगरपालिका काे बड्डिजियावन देखिन्छ । दक्षिण तिर खप्तड राष्ट्रिय निकुञ्ज देखिन्छ । बझाङका सबै पालिका र जताततै सेताम्मे हिमालहरु देखा पर्दछन भने , चिलाैन हिमाल पनि यहि सँग जाेडिएर बसेकाे छ । याहाँ बाट देरादुनकाे नैनिताल पिथाैरागड लगाएको स्थानहरु अवलोकन गर्न सकिन्छ ।

हिमालको टापु बाट हेर्दा चङ्गा जस्तै हलुका मन हुन्छ भने आँखा खाेल्दा हिमालहरु देखा पर्छन । डाफेहरु देख्दा अझै मन फुरुङ्ग हुन्छ । छविस पाथिभरा गाउँपालीका हुदै बुडखाेरी सम्म सडक जाेडीएकाे छ । जसको स्तर उन्नति हुन जरुरी दुखिन्छ । बुडखाेरी हुँदै बासुधारा सम्म गाेरेटाे बाटाहरु स्थानीय सरकारले निर्माण गरेका छन । अब कुरा बासुधाराकाे गराैँ, चट्टानकाे बिच भागबाट सलल पानी बगेको देखिन्छ । त्यसको नजिकै २२ वटा धारा निर्माण भएका छन । तर पानी ब्यावस्थित हुन नसक्दा यसको साैन्दर्यता भने देखिदैन । निर्माण भएका धाराहरुमा पानी देख्नकाे लागि स्थानीय सरकारले केही ब्यावस्था गर्नु पर्ने दुखिन्छ । बासुधारामा शिवरात्रीकाे समयमा ठुलाे मेला लाग्ने गर्दछ । जहाँ भक्तालुजनहरु बस्नलाई धर्मशाला निर्माण हुनु जरुरी देखिन्छ । त्यहाँ माघे सङ्ग्रन्ती नयाँ बर्षमा पनि पुजा गर्ने गर्दछन । करिव ५ सय जनसंख्या भएको बुडखाेरी मात्र हैन । देश बिदेश बाट स्नान गर्न भक्तजनहरु आउने गर्छन । त्यहि बाटाे हुदै, पाथिभेरा हिमालमा जान सकिन्छ । हिमालकाे वरपर यार्चागुम्बु टिप्नेहरुकाे भिड देख्न पाईन्छ । सिजनमा यार्चागुम्बु टिप्न यतै जान्छन । यसलाई पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारले चासाे दिनु पर्ने देखिन्छ ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
