कैलाली को गोदावरी नगरपालिकामा सुकुम्बासीहरुप्रती डिभिजन बन कार्यलय र सामुदायिक बन को ज्यादती

२०८०साल बैशाख १८ गते श्रम दिवस कै दिन कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड न:- ३ स्थित पर्ने महेन्द्र राजमार्ग को छेउमा बस्ने सुकुम्बासी हरु माथि डिभिजन बन कार्यलय कैलाली र चौकिडाडा महिल सामुदायिक बन उपभोक्ता समितीले एकदमै निर्दयी र अभद्रपुर्ण ब्यवहार देखाएको पाइएको छ ।

उक्त बन कार्यालय र सामुदायिक बन उपभोक्ता समितिका मान्छेहरुले बिगत लामो समय देखि त्यही क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी हरुलाई जानकारी बिना नै त्यस ठाउका घर/टहरा हरु मा दादागिरी शैली मा डोजर चलाएको छ डोजर चलाउन मात्रै नभइ सुकुम्बासी हरुलाई एकदमै दर्दनाक पीडा दिदै पाकेको खाना समेत खान नदिई , खाना पाकाउदै गरेको चुलो मा पनि पानी हाल्ने , राती राती आएर एउटि वृद्ध आमा सहित अन्य सुकुम्बासी हरुलाई नि हातपात गरेको र चोटपटक लागेका घाउहरु पनि हाम्रो टेलिभिजन को टिम लाई देखाएका छन । एक जना महिला ……को छोरी प्रती पनि अभद्रपुर्ण ब्यवहार प्रदर्शन गरेको आरोप पनि लगाएको छन । यस्तो गैरजिम्मेवार तरिकाले सुकुम्बासीबस्तीमा जानकारी बिना नै डोजर चलाउनु त पिडादयी छ नै अर्को तर्फ सरकारले गरिब निमुखा जनता को मुखको गाँस पनि छिनेको छ ।

बिगत लामो समय देखि त्यस क्षेत्र मा बस्दै आएको सुकुम्बासीहरुले एकदमै शास्त्री भोगेका छन । पहिला सरकार ले नै त्यस ठाउमा बसाएको र पटक पटक राहत पनि दिदै आएको करिब १८-२० लाख सम्म को राहत अहिले सम्म पाएको तर यसपाली जानकारी बिना नै डोजर चलाएको र निकै क्स्टकर व्यबहार गरेको सुकुम्बासी हरुको गुनासो छ ।

चुनाब मा विभिन्न लाल्चना दिदै सुकुम्बासी बस्तिलाई ब्यबस्थित गर्ने भन्दै स्थानीय देखि संघ को निर्वाचन मा भोट मागेको तर आफुहरुलाई अफ्ठ्यारो परेको बेला सबै निकायहरु मौन बसेको उनीहरुको गुनासो छ ।

यति मात्र नभइ सुकुम्बासीहरु माथी कुटपिट लगायत अभद्रपुर्ण ब्यवहार गरेको प्रष्ट देखिएको छ । यति हुदा सम्म पनि स्थानीय सरकार किन मौन किन छ त ? बिचारा ती गरिबहरु न एक छाक राम्ररी खानलाई खाने कुरा छ , न जाने कतै बाटो छ, न आँसु पुछिदिने कोहि छ यो सम्बन्धि यहाको स्थानीय सरकारले ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240