कैलालीको जोशिपुर प्राथमिक स्वास्थ केन्द्रमा अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन

कैलाली को जोशिपुर गाउपालिका अन्तर्गत पर्ने जोशिपुर प्राथमिक स्वास्थ केन्द्रले १ दिने अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन गरेको छ । उक्त स्वास्थ शिबिर लाई उद्घघाटन गर्न जोशिपुर गाउपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी पनि आएका थिए ।

१८ बर्ष सम्म का उमेर समुह भएका स्थानीयबासीहरुको अपाङ्गता पहिचान गर्ने उद्देश्यले संचालन गरेको उक्त शिबिर मा निम्न रोगहरु चेकजाँच गरिने छन ।
१. जन्मजात खुट्टाको पतैला भित्र फर्केको,क्लब फुट
२. खुट्टा लुलो र कमजोर भएको
३.जोर्नीहरु र घुडाको पाङ्ग्रो खुस्किएको
४.जोर्नीहरु दुख्ने र सुनिने समस्या भएको
५.औंलाहरु एक आपसमा टासिएको वा बढि भएको
६.शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको
७.अन्य हाडजोर्नी सम्बन्धि समस्या भएको
८.खुडे ओठ एवं तालु फाटेका
९.कृतिम अङ्ग को आवस्यकता भएकाहरु
१०.आगोले पोलेर अङ्गहरु एक आपसमा टासिएका
११.हड्डी भाचिएर बाङ्गो वा नजोडिएको
१२.ढाड बाङ्गो वा कुप्रो भएको
१२.हड्डि पाकेर पीप आइरहने
१३.हड्डीको टि.वि.रोग लागेको

गरिब तथा सर्वसाधारण परिवार का १८ वर्ष सम्मका शारीरिक अपांगता भएका ब्यक्ति हरुलाई निशुल्क चेकजाँच तथा उपचार गराउन हेतुले सुरु गरेको उक्त शिबिर जोशिपुर गाउपालिका जोशिपुर कैलाली , अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा काभ्रेपलान्चोक र बाल कल्याण संघ टिकापुर कैलाली को आयोजक्त्वमा संचालित शिबिर हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240