कैलाली काे भजनी नगर पालीकाका वडाहरूमा वडा स्तरीय विपत व्यबस्थापन समिती गठन
कैलाली काे भजनी नगर पालीकाका वडाहरूमा वडा स्तरीय विपत व्यबस्थापन समिती गठन गरीयको छ । जिल्लाको भजनी नगर पालिकाको वडा नम्वर १ मा वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरीएको हो । सम्बन्धी वडाका वडा अध्यक्ष संयोजक हुने गरी २७ सदसिय विपद् व्यवस्थापन समिति गठन गरीएको हो ।

समितिमा वडा भित्र रहेका विषयगत शाखाका इकाई कार्यालय प्रमुखहरू, वडा भित्र रहेका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय रेडक्रस, गैरसरकारी तथा समुदायमा आधारित सङ्घसंस्था तथा युवा क्लब, भलमन्सा, समाजसेवी, टोल विकास संयोजक र वडा सचिव सदस्य सचिव रहेका छन् ।
गाउँपालिका तथा नगरपालिका क्षेत्र भित्र प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा, भौतिक संरचनाको संरक्षण गर्नका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागी वडा स्तरीय व्यवस्थापन समिति गठन गरीएको बताईएको छ ।

समिति गठनलाई सहजीकरण दिगो विकास समाज भजनी पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका अधिकृत विनाेद साह कार्यक्रम सँयाेजक सन्तराम चाैधरी कार्यक्रम सँचालन प्रेम पाण्डेले गर्नु भयकाे थियाे।

नानू काफ्ले (पदम काफ्ले) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकामा कैलाली भजनी ब्यूरो प्रमुखमा कार्यरत हुनुहुन्छ । उहाँ समसामयिक तथा समाचार सम्प्रेषणमा रहेर काम गर्नुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४११२०३०५
