समाचार संकलनमा गएका पत्रकारलाइ कैलालीका मेयरद्वारा बन्धक
कैलालीस्थित एक नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो। कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए।
मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताए।

नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा दिएको र खिचेका भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन्। यता, मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा उनको मोवााइल स्वीच अफ आइरहेको छ।
यसैबिच ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
