धनगढी बजारको मुख्य सडक जलमग्न
बिहीबार बिहानदेखि परेको लगातारको वर्षाले धनगढीको एलएनचौक-पार्कमोड जलमग्न बनेको छ। वर्षापछि पानी जमेर पार्कमोड क्षेत्र जलमग्न बनेको हो।


पानी निकास नभएपछि डुबान भएको त्यहाँ व्यापार गर्दै आउका व्यापारीहरुले बताएका छन्। केही समयअघि धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो। अहिले पनि सो ठाउँमा धनगढीको सफाई कर्मचारी र नगर प्रहरीले नाला सफाई गरिरहेको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले सुदूरपश्चिमसहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। (दिनेश खबर बाट)


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
