स्ववियु निर्वाचन भएका बझाङका पाँचै क्याम्पसको मतपरिणाम सार्वजनिक, कहाँ को सभापति ?

शिवजी मण्डेल
बझाङ

बझाङ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका बझाङका पाँच क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा आइतबार निर्वाचन भएको हो ।
जिल्लाको थलारा गाउँपालिकाको खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस , केदारस्युँ गाउँपालिकाको झोतामा रहेको बझाङदिप क्याम्पस , छबिसपाथिभेरा गाउँपालिको बगडगाउँमा रहेको सेती क्याम्पस , बित्थडचिर गाउँपालिकाको सुनकुडामा रहेको सुनकुडा क्याम्पस र खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भइ मतपरिणाम पनि सार्वजनिक भएको छ ।

थलारा बहुमुखी क्याम्पस

जसअनुसार थलारा गाउँपालिको खोलीमा रहेको थलारा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका महेश जेठारा निर्वाचित हुनु भएको छ ।
नेविसंघ र अखिल क्रान्तिकारीका साझा सभापति उम्मेदवार अखिल क्रान्तिकारीका वीरेन्द्र कुमार साउँदलाई ४ मतान्तरले हराउँदै जेठारा सभापतिमा निर्वाचित हुनु भएको हो ।
साउँदले ६६ मत प्राप्त गर्दा अनेरास्ववियुले ७० मत पाए ।

त्यस्तै नेविसंघ र अखिल क्रान्तिकारीका साझा सचिव पदका नेविसंघका दिपेश जोशी ( दिनेश शर्मा ) निर्वाचित हुनुभएको छ । अनेरास्ववियुका सचिव पदका उम्मेदवार लोकेश खड्कालाई ४६ मतान्तरले हराउँदै जोशी निर्वाचित हुनुभएको हो । खड्काले ४८ र जोशीले ८८ मत प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी सविना गिरी ६८ मत प्राप्त गरेको निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी नेविसंघकि विन्दु उपाध्यायले ६६ मत पाइन् ।
त्यस्तै प्रत्यक्ष सदस्य तर्फ अनेरास्ववियुकी भुवनेश्वरी भट्टराई ६६ मत
अखिल क्रान्तिकारीकि सम्झना सार्की ६६ मत र नेविसंघकि पार्वती जोशी ५९ मत प्राप्ति गरि निर्वाचित हुनु भएको छ । समानुपातिक तर्फ नेविसंघले २ अनेरास्ववियुले २ र अखिल क्रान्तिकारीले १ सदस्य पाएको छ ।

बझाङदिप क्याम्पस
झोतामा रहेको बझाङदीप क्यापसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियू क्रान्तिकारी विप्तलपका कमल थापा, सचिवमा अनेरास्ववियुुका रामचन्द्र धामी, कोषाध्याक्षमा अनेरास्ववियू (एस)की भागरथी विष्ट निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा अनेरास्ववियुु कै हंशराज रोकाया, धनबहादुर धामी, उमेश साउँद, विपिन रोकाया, तिलिस्मा चन्द र अन्जु डकर्मी निर्वाचित भएका छन् ।

सेती क्याम्पस

छबिस पाथिभेरा गाउँपालिका १ बगडगाउँमा रहेको सेति क्याम्पसमा अखिल संयुक्त प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका लक्ष्मण गिरी १ सय २६ मत प्राप्त गरि निर्वाचित भए । उनी प्रतिस्पर्धी नेविसंघ की अस्मिता सिंहले ५४ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी सचिवमा अनेरास्ववियूू (एस)की जेनी भण्डारी निर्वाचित भइन् । उनले १२३ मत पाउँदा अनेरास्ववियू क्रान्तिकारीका राजेश दौल्यालले ४१ मत पाएका थिए । त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुुका कल्पना जोशी निर्वाचित भएकी छन् । उनले १२४ मत पाउँदा नेविसंघ की कविता कठायतले ५४ मत पाइन् ।

खापरदेव क्याम्पस

खप्तडछान्ना गाउँपालिकाका-५ मा रहेको खापरदेव क्याम्पस कालुखेतीमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै निर्वाचित भएको छ। सभापतिमा नेविसंघकी सर्मिला कुुमारी खत्रीले ३७ मतसहित निर्वाचित हुँदा, अनेरास्ववियुका राजेश कार्की २५ मत ल्याएर पराजित भए । त्यसैगरी सचिवमा अनेरास्ववियू क्रान्तिकारीकी गीता रोकाया ३८ मतसहित निर्वाचित भइन् भने, अनेरास्ववियू (एस) की शान्ती सिंह २० मत ल्याएर पराजित भएकी छिन्। त्यसैगरी कोषाध्यक्षमा नेविसंघ की सर्मिला कुमारी जोशी ३० मतसहित निर्वाचित हुँदा अनेरास्ववियुुकी पञ्चा कुमारी रोकाया २९ मत ल्याएर पराजित भइन् ।

सुनकुडा क्याम्पस
बित्थडचिर गाउँपालिका- ९ सुनकुडामा रहेको सुनकुडा क्याम्पस अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियू (एस) को संयुक्त प्यानल निर्वाचित भएको छ । क्याम्पस स्ववियु सभापतिमा दिलिप अधिकारी १ सय ४ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ९६ मत प्राप्त गरि ललित स्याँडा निर्वाचित भए , कोषाध्यक्षमा भानुभक्त जोशी १ सय २ मत ल्याएर निर्वाचित भएका छन् भने , जानकी अधिकारी १ सय ४, बेलमती विष्ट ९७ , संगीता कुमारी बोहरा ९७ , दिया कुमारी भण्डारी ९० मत र राम विक ९३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

शान्ति आदर्श क्याम्पसमा निर्वाचन स्थगित

त्रिभुवन विश्वविद्यालय मातहत छबिसपाथिभेरा गाउँपालिका -५ ब्याँसी चौघानपाटामा रहेको शान्ति आदर्श क्याम्पसमा भने विभिद समस्याको कारणले निर्वाचन स्थगित गरिएको छ ।
जिल्लाको बुङ्गल नगरपालिकामा रहेको त्रिवेणी क्याम्पसमा यस अघी नै अन्य संगठनको उम्मेदवारी नपरेपछी नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीका उम्मेदवारहरु निर्वाचित भइसकेका थिए, सुदूरपश्चिम विश्वविद्यालय मातहत सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी वहुुमुखी क्याम्पस भोपुरमा भने यही ८ गते स्ववियुु निर्वाचन हुँदैछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240