तस्करहरु बाट लालझाडी वनको ठुलो परिमाणमा काठ बरामद

कञ्चनपुर जिल्लाको लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको हो । तस्करी समुहमाथि वनबाट प्रभावकारी एक्सन हुन नसक्दा काठ तस्कर समुहले लालझाडीलाई चुङगोलमै राखेका छन ।

लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि वितरण गरिरहेका छन । तस्करी बढेपछि वनले सकृयता देखाएको छ । आइतबार मात्रै डिभिजन वनको टोलीले लालझाडी गाँउपालिका ४ देखतभूलीबाट ठुलो परिमाणमा काठ बरामद गरेको छ ।

सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले देखतभूलीका ६ घरबाट काठ बरामद गरिएको बताए । उनका अनुसार चिरान गरीको र गोलिया सहितको काठ झण्डै २११.१७ क्युफिट काठ बरामद गरिएको छ । चिरानको ७४.८क्युफिट र १३६.३७ क्युफिट गोलिया बरामद गरिएका छन । सुविता रानाको घरबाट ६.८७ चिरान, ३८.२८ गोलिया, मोति रानाको घरबाट १५.१८ चिरान, ३८.०१ गोलिया, मोलो रानाको घरबाट चिरान ३३.७४, काली रानाको घरबाट चिरान १९.०१, विक्रम रानाको घरबाट २७.१४ र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद गरिएको छ ।

‘हामीले शुरुवाती चरणमा काठ बरामद गरेका छौँ, ‘उनले भने, ‘त्यो काठ अहिले सव डिभिजन वन कार्यालय वाणीमा राखेका छौँ ।’ वन, प्रहरी र जनप्रतिनिधी सहितको टोलीले विशेष अप्रेसन गर्दै घर, आँगनबाटै काठ बरामद गर्दा समेत शंकास्पद कुनैपनि व्यक्तिलाई पक्राउ नगरिएको विषयमा स्थानीयले वनमाथि थप शंका गरेका छन । कतै काठ तस्कर भगाएर काठ मात्रै बरामद गरेर भोलिका दिनमा वेवारिसे त देखाउन होईनन् भन्दै स्थानीय स्तरमा अनेकन अडकलबाजी चलिरहेको छ । उनीहरुले उक्त काठ नजिकै सःमिलमा बिक्रि वितरणका लागि राखिएको र उक्त सःमिलका संचालकको वनका कर्मचारीसंग सम्बन्ध बिग्रीएपछि मात्रै काठ बरामद गरिएको बताईएको छ । ‘विगतमा समेत ति सःमिलका संचालक अवैध काठ सहित पक्राउ गरेका थिए, ‘एक स्थानीयले भने, ‘अहिले पनि त्यहाँ सहित जिल्लाभरीका अधिकाँस काठ मिलमा अवैध काठ जान्छ, तर वनले समात्दैन ।’ वनकै स्वार्थ मिले समात्दैन, नमिले समात्छ ।’ तर, डिभिजन वन कार्यालय कञ्चनपुरले भने काठ तस्करीमाथि कार्बाही गर्ने वनमाथि हुने हुने हरेक गैर कानुनी धन्दा नियन्त्रण गर्ने विश्वास दिलाएको छ । -जनसरोकार पोस्टबाट

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240