धनगढीमा नगर प्रहररिका इन्चार्ज सिङ्गल सिङ्गल लडौँ भन्दै दादागिरी देखाउँदै !

२७ मंसिर, धनगढी । धनगढीमा केही दिन यता नगर प्रहरीहरुले अभद्र व्यवहार प्रर्दशन गर्न थालेको गुनासो बढेको छ । बजार अनुगमन तथा सडक संरचना खाली गराउने क्रममा स्थानीय नागरिकहरुमाथि अभद्र व्यवहार गर्न थालेको गुनासो बढेको हो ।

मंगलबार मात्रै धनगढी चौराहस्थित सब्जी मण्डीमा प्लास्टिक प्रयोगको विषयलाई लिएर नगर प्रहरीले स्थानीय व्यापारीमाथि दुव्यर्वहार गरेका छन् । मण्डीमा पुगेको नगर प्रहरीको टोलीले प्लास्टिकको प्रयोग निषेध गरिएको भन्दै व्यापारीहरुको ठेला तथा पसलबाट जफत गर्ने क्रममा वैकल्पीक व्यवस्थाबारे प्रश्न उठाउदा भनाभन भएको थियो ।

सोही क्रममा नगर प्रहरीका सई कृष्ण मल्लले उनीहरुमाथि छुद्र भाषा प्रयोग गर्दै असभ्य व्यवहार देखाएको व्यापारीले गुनासो गरेका छन् । सोही मण्डीमा तरकारी पसल राखेर व्यापार गर्दै आएका एक जना प्रत्यक्षदर्शीकाअनुसार सई मल्लले बढ्ता हुने होइन एक–एकलाई ठीक पार्छु भनेपछि विवाद चर्किएको थियो ।

सोही क्रममा उनले भनेका थिए, ‘म सँग लड्ने भए सिङ्गल सिङ्गल आउ म बर्दी फुकालेर लड्न तयार छु ।’ तर उनीसँगै रहेका अन्य नगर प्रहरीले उनलाई रोकेपछि स्थिती समान्य बनेको ती व्यापारी बताउँछन् । यस्तै उनले नागरिकप्रतीको यस्तो व्यवहार नगर प्रहरीप्रतीको दृष्टिकोण नकारात्मक बनेको बताए ।

यता नगर प्रहरी इन्चार्ज समेत रहेका मल्लले नगर कार्यपालिकाको निर्णय विपरीत प्लास्टिकको प्रयोग र बिक्रि वितरण भइरहेको पाइएपछि बरामद गर्ने क्रममा विवाद भएको बताए । उनले सोही क्रममा एक जनाले नगर प्रहरीमाथि दुव्र्यवहार गरेको दाबी गर्दै उनीसँग भनाभन भएको बताए ।

‘ती व्यापारीले आफूलाई अनावश्यक धाकधम्की लगाएपछि आफूले तिमी को हो ? सर्वसाधारणका लागि नोकर हुँ । दादागिरी दे्खाउनेलाई हामी पनि दादा हो । लड्छौँ भने सिङ्गल–सिङ्गल आइजा भनेकै हुँ,’ मल्लले प्रेसपत्रसँग भने । उनले घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराइसकेको पनि बताए । (प्रेस पत्रबाट साभार )

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240