कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको नवगठन सप्पन्न

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको सभापतिमा राम नारायण चौधरी निर्वाचित भएका छन् । आज सम्पन्न मतदानबाट चौधरी १९० मतसहित विजयी भएका हुन् ।

मतदान अधिकृत जगदिश पण्डितले दिएको जानकारी अनुसार प्रतिस्पर्धी नृपबहादुर बोगटीले ११३ मत पाएका थिए । कुल ५ सय ८९ मतदाता रहेकोमा ३सय ३२ मत खसेको थियो भने २९ मत बदर भएको थियो ।त्यस्तै उपशाखाको कार्यकारी महिला उपसभापतिमा शारदा मल्ल,सचिवमा राम प्रसाद शर्मा, कोषाध्यक्षमा चित्र बहादुर साउद, उपसचिवमा टेकेन्द्र शाह, उपकोषाध्यक्षमा हरि प्रसाद देवकोटा,सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यमा सुरेश कुमार चौधरी,सरस्वती चन्द,कविता शाह, सोनपति कुमारी चौधरी र कवि परियार सर्वसम्मत चयन भएका हुन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240