कैलाली मा हसिया प्रहारबाट एक जनाको मृत्यु एक घाइते
कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका वडा न ६ कुमारी बाग बस्ने ३३ बर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो ।

भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन । भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन
उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डिएसपी जोशीले बताए । मंगलबार राती करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ ।
डिएपी जोशीले फरार भएको ढुङ्गानाको खोजीका लागि प्रहरीको २ वटा टोली परिचालन गरिएको बताएका छन

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
