जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु।

कैलालीको जोशीपुर गाउँपालिकामा बिधालय स्तरीय खेलकुद प्रतियोगिता आज देखी सुरु भएको छ। छोटेलाल प्रा वि लक्कड को खेलमैदानमा सञ्चालन भइरहेको छ प्रतियोगितामा जोशिपुर गाउँपालिकाका सामुदायिक र निजि गरि ३७ विद्यालयका टीम सहभागी रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन सय मिटर पुरुष दौड प्रतियोगिता भएको छ ।आउँदो २४ गते सम्म चल्ने प्रतियोगितामा भलिवल,सय मिटर दौड साथै रिले दौड सटपुट, हिसाब दौड , म्युजिकल चियर, चित्रकला , लङ्गजम्प, श्रुति लेखन, निबन्ध, दुई सय मिटर महिला पुरुष दौड, लगाएतका खेलहरु हुने समिति का सचिव श्याम देव कुश्मी ले बताउनु भएको छ।

प्रतियोगिताको उद्दघाटन गर्दै जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरियाले खेलकुद क्षेत्रको विकास राष्ट्रको पहिचान हुनाले खेलकुदको बिकास गर्नु पर्नेमा जोड दिनभएको छ ।यस्तै जोशिपुर गाउँपालिकाले खेलकुद क्षेत्रको बिकासका लागि विभिन्न प्रतियोगिता आगामी दिनमा सञ्चालन गर्ने बताउनु भयो ।

कार्यक्रम मा जोशीपुर गाउपालिका भित्रका १ देखि ७”वाडाका अध्यक्षहरु गाउपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनराज कठरिया शिक्षा साखा प्रमुख सङ्ग्राम सिंह धामी लेखा अधिकृत टिपेस तिमिल्सिना गाउँपालिका अध्यक्षका स्वकीय सचिव छेदुलाल चौधरी लगाएत विभिन्न स्कुलबाट शिक्षक प्रतिनिधि र बिधार्थी हरुको उपस्थित रहेको थियो ।

कार्यक्रम को सन्चालन श्याम देव कुशमी र चेत राज जोशी ले गर्नु भएको थियो र उद्घाटन कार्यक्रममा हरि प्रसाद कुश्मी ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240