२०७९ मंसिर ६, मंगलवार ०६:००
कैलालीको एक क्षेत्रमा नागरिक उनमुक्तिको जीत सुनिश्चित
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।

गन्न बाँकी मत करीब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो।
उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्। यहाँ जम्मा ६१ हजार मत खसेको थियो।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
