विकासमा गति लिँदै बझाङको मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय

SPA

बझाङको एक वडामा भर्खरै नवनिर्वाचित वडाध्यक्षले सपथ लिएको १०० दिनमै विकासका विभिन्न कार्यमा अघि बढेका छन् ।

Generator
विज्ञापन

जिल्लाको मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय कोटदेवलका वडा अध्यक्ष रामचन्द्र रोकाया बिकासका विभिन्न काममा खटिँदै आएका छन् । राजनितीलाई सेवाको रुममा लिने रोकायाले चुनावी नारा बोलिमा मात्र नभइ व्यवहारमा पनि देखाएका छन् ।

चुनाव जितेर सपथ लिएको तीन महिना पनि नपुग्दै उहाँले वडामा विभिन्न काम गरिसकेका छन् । गत कार्तिक आएको वेमौसमी वर्षाले सदरमुकाम चैनपुर जोड्ने डुङ्रीको झोलुङ्गे पुल बगाएपछि स्थानियलाई आवतजावतमा निकै सास्ती भएको थियो । सो पुलको काम पनि वडाध्यक्ष रोकायाले चुनाव जितेको महिना दिन भित्रै सम्पन्न गरेर देखाए । यति मात्र नभएर वडा तथा विद्यालय समिती गठन, वडा भवनको लागि जग्गा पास गरि वडा भवनको टेन्डर, गाउँमा नै स्वास्थ शिविर, वडाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको चेक घरमै वितरण, डाडाबाघ आधारभूत विद्यालयमा विपन्न वर्गका विद्यार्थीलाइ स्कुलको पोषाक वितरण तथा डुङ्ग्री देखि कोटदेवल सम्म पटक पटक सडक निर्माण तथा सरसफाइ हुँदै आएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240