धनगढीको मुख्य सडक फराकिलो बनाउन सडक छेउका घर तत्काल भत्काउन नगर प्रमुखको आदेश


धनगढीका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन धनगढी उपमहानगरले निर्देशन दिएको छ। सोमबार धनगढी उपमहानगरपालिकाले एक सुचना जारी गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन जनाएको छ।

धनगढी उपमहानगरपालिकाले घर धनिलाई पत्राचारमा उल्लेख छ ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ।’

यदि उक्त समयमा सडक क्षेत्र खालि नभए कानून वमोजिम कारवाही गरिने उपमहागरद्वार प्रकाशित पत्रमा उल्लेख गरिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240