बेलडाँडी गाउँपालिकाको १२ औ हिउँदे अधिवेशन सुरु

बेलडाँडी गाउँपालिकाले आफ्नो १२ औ हिउँदे अधिवेशन आज शुरू गरेको छ ।

बेलडाडी गाउपालिका को हिउदे अधिवेशन

पालिकाले आर्थिक बर्ष २०७८/०७९मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने गरेको छ ।

बिहिवार बेलडाँडी गाउँपालिकाले पनि पालिका भित्रका सरोकारवालाहरूको सहभागितामा हिउँदे अधिवेशन गरेको छ ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले आफ्नो कार्यकालमा पहिलो पटक अघिल्ला बर्ष जस्तै यसपालि पनि हिउँदे अधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

यसमा पालिका भित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि गुनासाहरू काम गर्दाका समस्याहरूका बारेमा छलफल हुने बताइएको छ ।

बेलडाडी गाउपालिका को हिउदे अधिवेशन

यसका साथै स्थानीय तहका ऐन कानुनको कार्यान्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने जनाईएको छ ।

काम गर्दा जनताबाट आएका गुनासा समस्याहरूको पनि सभामा छलफल हुने उनले भने यसका साथै, योजनाहरू छिटो छरितो, पारदर्शिता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल हुने जनाइएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240