अखिल अनेरास्ववियु कैलालीद्वारा मनोमानी भाडा नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाइयो ।

धनगढी – सुदूरपश्चिमका पहाडी भेगका बस्तीमा जाने प्रायः सबै सडकको अझै स्तरोन्नति हुन सकेको छैन । दशैँ नजिकिए संगै दशैँ मान्न घरजाने यात्रुहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । दशैँमा यात्रुको चाप बढेका बेला पहाडी सडकमा चल्ने साना तथा ठूला गाडीले मनोमानी भाडा असुलेको पाइएको छ ।
चालकसहित २६/२८ जनाको सिट क्षमता भएका गाडीले पनि ४०/४२ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै गाडीले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन ।
यात्रुको भार त छँदैछ, खाद्यान्न, लत्ताकपडालगायतका सामानको भार पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन् ।

आज अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले गाडिको मनोमानी भाडादर बढिरहेकोले ध्यानाकर्षण गराउन तत्कालीन भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारिलाइ अखिल राष्ट्रिय स्वबियु कैलालीका अध्यक्ष रमेश बोहराको संयोजकत्वमा “ध्यानाकर्षण पत्र” बुझाएका हुन् ।

ध्यानाकर्षणमा प्रष्ट भनिएको छ “विद्यार्थी भाइबहिनीहरुलाइ चर्को भाडा तिरेर घर जानुपर्ने अवस्था त छँदैछ सिट क्षमताभन्दा बढी यात्रु राखेर दुख दिइरहेको छ, यस्ता बस र चालक दुबैलाइ कार्वाहीको माग गरिन्छ।”
अध्यक्ष बोहराले यातायात प्रमुख नरेन्द्र शाहलाई टेलिफोन संवादमा नै यो समस्या राखेको बताउनुभएको छ । प्रमुख शाह ले पनि आफै बसपार्क लगायतका क्षत्रमा पुगेर अनुगमन गर्ने सकारात्मक कुरा राखेको अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो ।
अध्यक्ष बोहराले भन्नुभयो “टिकट पनि आफ्नो मान्छेलाई एक भाडा र अरुलाइ बढी भाडादरमा दिएको हामिले जानकारी पायौं, यो विषयमा तत्काल संबंधित निकायले ध्यान पुर्याएन भने विद्यार्थी संगठन आफै एक्सन उत्रीने छ।”

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240