चुनाव जित्नकै निम्ति आश्वासन दिन्नौँ चुनाव पछि काम गरेर देखाउँछौँ – युवा नेता महर

बझाङमा यतिबेला नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका युवा नेता ऐन महर घरदैलोमा पुगेका छन । घरदैलोमा सुर्मा गाउँपालिका पुगेका महरले जनतालाई चुनाव अघि चुनाव जित्नकै निम्ति अनेक आश्वासन नदिने बताएका छन् ।

सुर्मा गाउँपालिकामा घरदैलो अभियानको क्रममा बोल्दै नेता महरले ´गठबन्धनले चुनाव जित्नकै निम्ति पहिले नै गर्न नसकेका कुरा अझै पनि चुनावी एजेन्डाका रुपमा फेरि त्यही कुरा बोल्दै आएको समेत बताएका छन् । उहाँले आफूले चुनाव जित्नकै निम्ति त्यस्तो झुठो आश्वासन र सपना जनतालाई नदेखाउने बताएका छन् ।
´गर्ने मान्छेले बोल्दैन` भनेर उहाँले जनतालाई जितेपछि गरेर देखाउने कुरा मात्र जनतामाझ राखेका छन् ।

चुनावमा गठबन्धन एजेन्डा,निति, झुटा आश्वासन सहित जनतामाझ प्रस्तुत भएको र चुनाव जितेर के गर्ने भन्ने समेत टुंगो नरहेको बताउनुभयो ।

उनले भने,‘गठबन्धनको कुनै भरोसा छैन् । गठबन्धन रहने नरहने कुराको निश्चित छैन् ।’ ‘गठबन्धनको नेतृत्वको टुङ्गो लागेको छैन् ।’
नेता महरले एमालेले जनताको मुद्धा, जनताका एजेण्डा बोकेकाले सुर्यमा मत दिएर एमालेलाई जिताउन आग्रह समेत गरेका छन् ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
