प्रभावकारि खोप ब्यबस्थापन (EVM/SOP) सम्बन्धि तिन दिने तालिम आजबाट सुचारु
सामाजिक विकास मन्त्रालय धनगढी मातहतको कार्यालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजना तथा युनिसेफ (UNICEF) नेपालको आर्थिक सहायतामा आज देखि प्रभावकारी खोप ब्यबस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, स्थानिय तहहरुको खोप व्यवस्थापन, कोल्ड चेन स्टोर तथा सबस्टोरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सो तालिम दिइएको हो ।

प्रभावकारी खोप व्यवस्थापन सम्बन्धी सो तालिम ३ दिन सम्म सञ्चालन हुने सो तालिम दुई चरणमा सम्पन्न हुने छ । उक्त तालिमले खोप व्यवस्थापन कार्यमा संलग्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने छ ।

सो तालिमले विभिन्न रोगबाट अकालमै हुने बालमृत्युदर घटाउन सहयोग पुग्ने तथा अव्यवस्थित खोप व्यवस्थापनबाट खेरजाने खोपको दर समेत न्यूनिकरन गर्न मद्दत मिल्ने अपेक्षा सहित सो कार्यक्रमको आज सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा निरज अर्याल संयोजक हुनुभएको थियो भने स्वास्थ्य निर्देशक डा. जगदिश जोशि, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्की ,सामजिक बिकास मन्त्रालयका महाशाखा प्रमुख डा. चेतराज जोशी, हेमराज खड्का र स्वास्थ्य कार्यालय प्रमुख लाल ब धामी समेतको उपस्थिती रहेको थियो ।

तालिमको सहजीकरण स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र , निर्देशनालय र युनिसेफका सहजकर्ता ले गरिरहनुभएको छ भने तालिम संयोजक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापनका फार्मेसी निरिक्षक जयन्द्र बोगटी रहनु भएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
