बझाङ केदारस्यूँका मतदाता भन्छन् – यो पटक युवा नेता महरलाइ भोट

मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बझाङका मतदाता पहिले भन्दा सक्रिय बनेका छन् । पटक पटक जितेर गएका बझाङका सांसद देखि मन्त्री सम्मले काम नगरेपछि यो चोटि जुनसुकै राजनीतिक दलको व्यक्ति भएपनि नयाँलाई रोज्ने चुनावी अभिमत छ ।

विभिन्न राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि मतदाता भने बझाङमा फेरि पुरानै अनुहार देख्न नचाहेको बताउँछन् । यतिखेर बझाङका मतदाता नयाँ अनुहारलाइ मतदान गर्न चुनावी माहोलमा जुटेका छन् ।
बजार, चोक, चौतारीलगायत विभिन्न स्थानमा दिनहुँजसो मतदाता आफैँ नै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्न अपिल गरिरहेका छन् ।

यसभन्दा अगाडिका निर्वाचनमा दलको दबाबमा परेर मतदान गरेर विजयी भएका नेतृत्वकर्ताले समग्र बझाङ तथा बझाङका जनताको विकास तथा समृद्धिमा वास्ता नगरेका कारण यस पटक भने मतदाता आफैँ विकासशील, सक्षम र गाउँका समस्या समाधान गर्ने नयाँ उम्मेद्वारलाई मतदान गर्ने सोचमा छन् ।

विभिन्न चोटि सत्तामा पुगिसकेका र अझ सत्तामा बस्न सधैँ चुनावी समयका बेला मात्र गाउँ पस्ने नेता, झुटा आश्वासन दिने व्यक्तिलाई बझाङका मतदाताले यस पटक गाउँ नफर्कन पनि आग्रह गरेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ ।

यसभन्दा अगाडि दलियगत, पार्टिगत हिसाबले मतदान गरियो, यस पटक व्यक्ति विशेष हेरेर मात्र मतदान गर्ने र युवा नेतालाइ साथ दिने सोचमा रहेको स्थानिय पदम बोहराले बताउनुभयो ।
उहाँले थप्नुभयो – अहिलेसम्म पटक पटक भोट हालेर उहाँहरुलाइ बनायौँ तर उहाँहरु आफू बने तर बझाङवासी र बझाङलाई बनाएन, यो चोटि युवालाई भोट दिन्छौँ ।

चुनावको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरु पार्टीका झन्डा बोकेर कार्यकर्तासहित गाउँगाउँमा चुनावी माहोलमा छन् त कोही सक्षम र योग्य राम्रा व्यक्तिलाई मतदान गर्ने तरिकाबारे मतपत्र बोकेर गाउँगाउँमा पुगेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240