२०७९ कार्तिक २, बुधबार ११:३५
बझाङमा जिप दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो । उद्वार कार्य जारी ।
बझाङमा आज दिउँसो जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । जिल्लाको सदरमुकाम चैनपुर बाट मष्टाको लागि छुटेको जिप मष्टा गाउँपालिका वडा नम्बर १ औँला चाैका तुफानडाडामा जीप दुर्घटना भएको हो ।

जिप २०० मिटर तल खोलामा खसेको थियो । “अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । उद्वार कार्य जारी रहेपनि जिपमा कती जनाको सवार थियो भन्ने नखुलेको जिल्ला प्रहरी प्रमुख जागेश्वर भण्डारीले कामना टुडेलाइ जानकारी दिनुभयो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
