अभियन्ता तथा समाजसेवि यज्ञराज चौलागाई द्दारा एक पिडितको कृतिम खट्टा जडान गरिदै
कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज जैसी चौलागाईको पहल र नेपाली प्रबासी सँघ को सहयोगमा सो कार्य भएको हो ।

कैलाली जिल्लाको लम्की चुहा न.पा वडा न ६ बाहुनपुर बस्ने ३५ बर्षका बिक्रम बिकले झण्डै तिन बर्ष अघि सुगरका कारण आफनो दायाँ खुट्टा गुमाउन पुगेका थिए । आर्थिक स्थिति पनि ज्यादै कम्जोर भएका विक बिगत तिन वर्षदेखि बिस्तारामै जीवन यापन गर्दै आईरहेका थिए ।

बिकलाई ३ महिना अगाडि भारतको हैद्राबादमा बोलाएर सामाजिक अभियन्ता चौलागाईद्दारा सहयोग को अभियान चलाई कृर्तिम खुट्टा हाल्ने तयारि थालिएको समाजसेबि तथा अभियन्ता चौलागाइँले कामना टुडेलाई जानकारि दिनुभयो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
