बझाङमा बाढीपहिरो पीडितले अझै पाएनन् राहत, प्रधानमन्त्रीको आश्वासन बोलिमै सिमित

गतवर्ष आएको बेमौसमी बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितको टोली प्रभावित क्षेत्रको अनुगमनका लागि सुदूरपश्चिम गए । टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा प्रभावितको अवस्थाबारे जानकारी लिए।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा पुगे पनि आफ्ना समस्या नसुनेको उतिबेला नै पीडितहरुको गुनासो थियो । बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले देउवालाई आफ्नो दुःख सुनाउनै नपाएको गुनासो समेत गरेका थिए तर पनि राहत पाउने आशामा थिए पीडित । प्रधानमन्त्री देउवाले काठमाडौं फर्किनुअघि भने त्यतिबेला धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै काठमाडौं पुगेर मात्र राहत घोषणा गर्ने बताएका थिए।

सुदूरपश्चिम र कर्णाली प्रदेशको दुई दिने भ्रमण गरेर फर्किएका देउवाले निरीक्षणको औपचारिकता मात्र निभाएको जस्तो भयो ।

“टोलिले ठूलो मानवीय क्षति भएको हाम्रो बझाङको थलारा गाउँपालिकाको अवलोकन गरेको हो तर राहत भने अझै पाएका छैनौं” एक स्थानीयले भने ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240