युवा सञ्जाल जोशिपुर को पद हस्तान्तरण सम्पन्न भएको छ

कैलालीको जोशीपुरमा युवा सञ्जाल संस्थाको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०७९ का अध्यक्ष सन्तोष बिक लगायत नयाँ निर्वाचित पदाधिकारीहरुलाई वर्ष २०७८ का अध्यक्ष बिस्नु डगौरा र वहाँको टिमले पदहस्तान्तरण गरेको हो । जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी को प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा विभिन्न वडाका वाडा अध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधि लगाएत सुरक्षा कर्मी र जोशीपुरका करिब ५० जना युवा हरुको सहभागितामा कार्यक्रम सम्मपन्न भएको हो । नव निर्वाचित बरिस्ठ उपाध्यक्षमा सबिता चौधरी र कार्यकारीणि उपाध्यक्ष राजेश चौधरी कार्यकारिणी उपाध्यक्ष पुस्प कुवर, त्यस्तै सचिव ,भरत डगौरा माहासचिव अभिमन्यु चौधरी र कोषाअध्यक्ष भुमी सागर सुनार लगायत जम्मा एकाइस जनाको कमिटी गठन भएको छ
कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी ले युवा सञ्जाल जोशिपुरले गरेको राम्रो काममा हाम्रो तर्फबाट र हाम्रो तहबाट हुने सहयोग गर्न तयार रहेको तर काम गरेर देखाउनु पर्ने बताउनु भएको छ । जोशिपुर फोहोर ब्यबस्थापनको लागि करिब दस लाख रकम छुट्याइएको र युवा सञ्जाल ले चित्त बुझ्दो काम गरे जिम्मा दिने घोषणा समेत गर्नु भएको छ । साथी अन्य सबै वक्ताहरुले युवा सञ्जाल जोशीपुर लाई शुकामना दिँदै आफूहरुको सहयोग रहने बताउनु भएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240