साउन १० गते कैलालीको चिसापानी अन्तर्गत महेन्द्र राजमार्ग बन्द गर्ने घोषणा

२०८० साल जेठ १६ गते कंचनपुर घर भएका महेश नेपाली नाम गरेका एक ब्यक्ति महेन्द्रनगर बाट दाङ जादै गर्दा चिसापानी मा उक्त ब्यक्ति ले केही अनौठो ब्यवहार गरेपछी चिसापानी का स्थानीय बासी एक जना बृद्ध राम बहादुर खड्का र रमेश कडेल ले उक्त ब्यक्ति लाई निन्त्रण मा लिइ मानवीय धर्म निर्बाह गर्न खोज्दै नजिकै को प्रहरी बोलाइ सकुशल बुझाएका र उक्त ब्यक्ति बौनिया मा स्थिति बल बहादुर बिस्ट ले सन्चालन गरेको साहारा घर मा मृत अवस्था मा फेला परेका थिए ।

संकास्पद मृत्यु भएका महेश नेपाली को शरीर को चिरफार नै नगरि पोस्टमार्टम रिपोर्ट तयार पारिएको छ । वास्तविक मृत्यु भएको ठाउँ र साहारा घर का संचालक लाई नियन्त्रणमा लिइ अनुसन्धान गर्नु को साटो जसले मानवीय धर्म निर्बाह गरे उनै ब्यक्तीलाई फसाएर पुर्बपक्षको लागि कारागार चलान गरिएको सन्तोष कडेल र रामबहादुर खड्का को घर परिवारले जानकारी छन ।

साथै घटना लाई ढाक छोप गर्न नेपाल प्रहरी , साहारा घर को संचालक बल बहादुर बिस्ट र पोस्मार्टम रिपोर्ट बनाउने डाक्टर समेत को मिलेमतो हुन सक्ने सन्तोष कडेल र राम बहादुर खड्का को आफन्त ले गुनासो पोख्दै साउन १० गते दिपक दत्त भट्ट को नेतृत्व मा एक दिन का लागि यातायात बन्द गर्दै बृहत आन्दोलन गर्ने भन्दै जिल्ला प्रशासन कार्यलय र कैलाली जिल्ला का सम्पुर्ण बस व्यावसायी हरुलाई ज्ञापन पत्र बुझाएका छन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240